Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २५ सिटको नतिजा आयो : रास्वपाले १७ सिट जित्दा कांग्रेसले ५, नेकपा २ र एमाले १ क्षेत्रमा बिजयी


    शनिबार, फाल्गुन २३ २०८२
    395
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको नतिजा धमाधम आउन थालेको छ । बिहीबार सम्पन्न निर्वाचनको अहिलेसम्म २५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेका १७ क्षेत्रमा जित हासिल गरेको छ ।

    रास्वपाले जितेका क्षेत्रमा धनुषा–३ मनिष झा, कास्की–३ बिना गुरुङ, काठमाडौं–१०स् प्रदीप विष्ट, मोरङ–४ सन्तोष राजवंशी , कास्की–२ उत्तमप्रसाद पौडेल, काठमाडौं–५ सस्मित पोखरेल, काठमाडौं–४ पुकार बम, काठमाडौं–८ विराजभक्त श्रेष्ठ २, काठमाडौं–३ राजुनाथ पाण्डे, काठमाडौं–१ रञ्जु दर्शना, काठमाडौं–९ रास्वपा उपसभापति डोलप्रसाद अर्याल, मोरङ–६ रुविना आचार्य, बाँके–१ सुरेशकुमार चौधरी, स्याङ्जा–१ धनञ्जय रेग्मी, रुपन्देही–४ कन्हैया बनियाँले जितेका छन् ।

    त्यसैगरी नेपाली कांंग्रेसले ५ सिटमा जित हासिल गरेको छ । तेह्रथुमः सन्तोष सुब्बा, दैलेख–१ वासना थापा, रसुवा–१ मोहन आचार्य, मुस्ताङ–१ योगेश गौचन थकाली, मनाङ–१ टेकबहादुर गुरुङ बिजयी भएका छन् ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ सिटमा जित हासिल गरेको छ । रुकुम पूर्व–१ मा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ु कालिकोट–१ मा महेन्द्रबहादुर शाही बिजयी भएका छन् ।

    नेकपा एमालेले १ सिटमा जित हासिल गरेको छ । बाँके–२ मा एमालेका लागि पहिलो जित मोहम्मद इश्तियाक राईले दिलाएका छन् । उनी पार्टी प्रवेश गरेलगत्तै टिकट लिएर यस क्षेत्रबाट निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार