Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतारमा १२ हजार ५ सय कोरोना संक्रमितः संक्रमितमध्ये २० प्रतिशत नेपाली


    बिहिबार, बैशाख १८ २०७७
    850
    Shares
  • ३ मिनेट पाठ
  • दोहा, १८ बैशाख ।

    अरब राष्ट्र कतारमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । नेपाली कामदारको मुख्य गन्तब्य मानिएको कतारमा कोरोना भाइरसबाट १२ हजार ५ सय ६४ संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा बढी भारतीय छन् । भारतपछि नेपाली नागरिक बढी कोरोना संक्रमित देखिएका छन् । १२ हजार ५ सय ६४ संक्रमितमा २० प्रतिशत नेपालीको संख्या देखाइएको छ । जसको प्रतिशतमा हिसाब निकाल्दा संक्रमित नेपालीको संख्या २ हजार ५ सय भन्दा बढी हुन्छ । तर कतार सरकारले एकीन संख्या भने सार्वजनिक गरेको छैन । प्रतिशतका आधारमा मात्र कोरोना संक्रमित र देशको विवरण सार्वजनिक गरेको छ ।

    कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० मात्र छ । यूरोपका देश र अमेरिकाको तुलनामा कतारमा मृत्यु हुनेको संख्या अति कम हो । कतारमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार २ सय ४३ छ । कतारमा निको हुने दर पनि यूरोप र अमेरिकाको तुलनामा धेरै बढी देखिन्छ । कतारमा कोरोना संक्रमितमध्ये क्रिटिकल केस ७२ छ । कतारमा ब्यापार गर्नेदेखि कामदारसम्म धेरै विदेशी नागरिक छन् । कतार सरकारले पहिलो पल्ट अप्रिल २८ अर्थात् बैशाख १६ मा कुन कुन देशका कति प्रतिशत संक्रमित भएका छन् भन्ने तथ्यांक सार्वजनिक गरेको छ । 

    कोरोना संक्रमितमध्ये कतारका नागरिक ६ प्रतिशतमात्र छन् । कतारमा भारतीयकै संख्या बढी छ । र, सबैभन्दा बढी भारतीय नागरिक नै कोरोना संक्रमित देखिएका छन् । कतारमा कोरोना संक्रमित भारतीयको संख्या ३२ प्रतिशत देखाइएको छ । भारतपछि कतारमा कोरोना संक्रमित नेपाली देखिएका छन् । कोरोना संक्रमित नेपालीको संख्या २० प्रतिशत रहेको तथ्यांक कतारले सार्वजनिक गरेको छ । नेपालपछि बंगलादेशका बढी संक्रमित छन् । बंगलादेशीहरु १८ प्रतिशत संक्रमित देखिएका छन् । पाकिस्तानीहरु ६ प्रतिशत संक्रमित छन् । फिलिपिनोहरु ४ प्रतिशत, इजीप्टका ३ प्रतिशत र श्रीलंकनहरु २ प्रतिशत संक्रमित भएका छन् । 

    कतारमा रहेका सुडानीहरु १ प्रतिशत संक्रमित छन् । केन्या,जोर्डन, युगाण्डा, सोमालिया, इरान, प्यालेष्टाइनका नागरिकहरु पनि १ प्रतिशतका दरले संक्रमित देखिएका छन् । अन्य विदेशीहरु ३ प्रतिशत संक्रमित देखिएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार