Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चैत ४ र ५ गते नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला


    शनिबार, फाल्गुन २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौंं। नेकपा एमालेको नेपाल – खनाल समूहको  आज बसेको बैठकले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

    आज  बसेको वरिष्ठ नेता  माधव कुमार  नेपाल र झलनाथ खनाल  निकट केन्द्रीय सदस्यहरुको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी  अन्य पदाधिकारीलाई बोलाइएको नेता भीम रावलले जानकारी दिएका छन् ।

    बैठकमा नेताहरुले प्रधानमन्त्री तथा  अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएका छन् ।  प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका पदाधिकारीहरु हटाएर माओवादी केन्द्रबाट सरकारमा रहेकाहरु लगायत २३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल–खनाल पक्ष आक्रोशित बनेको छ । नेपाल–खनाल समूहले आजै समानन्तर कमिटीहरु समेत गठन गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार