काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित हुने भएको छ । औपचारिक रुपमा घोषणा नभए पनि प्रतियोगिता नहुने निश्चित भइसकेका छ ।
तीन बर्षअघि नै हुनुपर्ने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता राजनीतिक खिचातानीका कारण मिति तोक्दै स्थगित हुँदैआएको छ । यसअघि तीन पटकसम्म मिति तोक्दै स्थगित भएको प्रतियोगिता चौथो पटक पनि नहुने लगभग निश्चित भएको छ ।
गएको बर्ष २०८१ चैतमा सुर्खेतमा आयोजना हुनुपर्ने र सबै तयारी भइसकेको प्रतियोगिता तत्कालीन केपी ओली सरकारले अन्तिममा आएर तयारी नपुगेको भन्दै स्थगित गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ माओवादी(अहिलेको नेकपा) निकट भएकै आधारमा उनको कार्यकाल सकिएर नियुक्त हुने सदस्यसचिवको कार्यकालमा गर्ने सोचका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
तत्कालीन यु्वा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीकै पालामा २ पटक प्रतियोगिता स्थगित गरिएको थियो । जेनजी सरकार गठनपछिका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रतियोगिता २०८२ फागुन १ गतेदेखि ७ सम्म गर्ने भनेर मिति तोकेका थिए ।
गुप्ताकै अध्यक्षतामा बसेको राखेपको बैठकले प्रतियोगिताको मिति मात्र तोकेन, त्यसपछि बसेको बैठकले उपसमिति गठनदेखि प्रतियोगिता संचालनका लागि आवश्यक पर्ने कार्यबिधि, निर्देशिका पास गर्दै बजेटसमेत अर्थमन्त्रालयमा स्वीकृति पठाइएको थियो । अर्थ मन्त्रालयले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यबिधि पास गर्दै बजेट समेत स्वीकृत गरिएको थियो ।
प्रतियोगिता संचालन र तयारीका लागि सुर्खेतमा सचिवालयसमेत उदघाटन भइसेको थियो । तत्कालीन मन्त्री गुप्ताको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले फागुन पहिलो साता प्रतियोगिता आयोजना गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
मन्त्रिपरिषद समेत संलग्न भएको उक्त प्रतियोगिता औपचारिक रुपमा स्थगित नगरी मौनरुपमा स्थगित गरिएको छ । मन्त्रिपरिषदसमेत संलग्न भएको उक्त प्रतियोगिता स्थगित गर्ने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयले कुनै प्रक्रिया अगाडि बढाएको छैन । गुप्ताले मन्त्रीबाट राजीनामा दिएपछि खेलकुद मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दैआएकी छन् ।
प्रधानमन्त्रीसमेत प्रतियोगिता स्थगित भएकोबारेमा अनभिज्ञ जस्तै देखिएकी छन् । तीन पटकसम्म स्थगित भइसकेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीकै क्रममा राज्यको करोडौं खर्च भइसकेको छ । खेलाडी उत्पादनका लागि संघहरुले अनावश्यक रुपमा आर्थिक ब्ययभार ब्यहोर्न पनि बाध्य छन् ।
बर्षौंदेखि एउटा पनि राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न नसक्ने युवा तथा खेलकुद मन्त्रालय, राखेपको कुनै औचित्य नरहेको खेलाडीहरु बताउँछन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend