काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी प्रतिबद्धता पत्र ल्याएको छ।
आज मंगलबार अपराह्न नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। जसमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारा अगाडि सारिएको छ।
झण्डै १३ हजार शब्दको प्रतिबद्धता पत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ। त्यसका लागि नेकपाले ‘स्वाधीन र समृद्ध नेपालका निर्माणको मार्गचित्र’ अघि सारेको हो।
पाँच वटा अध्यायमा विभाभकजित प्रतिबद्धता पत्रको पहिलो अध्यायमा नेपाली कम्युनिस्ट पार्टीको दृष्टिकोण राखिएको छ। त्यस्तै, दोस्रो अध्यायमा राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनबारे चर्चा गरिएको छ।
तेस्रो अध्यायमा आर्थिक सुधारको नयाँ चरण समाजवादका आधार निर्माणबारे विवेचना गरिएको छ। चौथो अध्यायमा शिक्षा, स्वास्थ्य र रोजगारीबारे योजना अघि सारिएको छ।
अन्तिम अध्यायमा समानता, समावेशिता, सामाजिक न्याय र सुरक्षाबारे चर्चा गरिएको छ। सामाजिक न्यायका लागि के के काम गर्ने भन्ने उल्लेख गरिएको छ।
नेकपाको प्रतिबद्धता पत्रमा प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना र नयाँ महत्त्वपूर्ण आयोजनाहरूको निर्माण द्रुतरूपमा सम्पन्न गर्ने जनाइएको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौँ(निजगढ द्रुतमार्ग, काठमाडौँ-हेटौडा सुरुङमार्ग, उत्तरदक्षिण लोकमार्ग (कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर)गड्डाचौकी-चिसापानी सडक खण्ड चार लेनको निर्माण गर्ने पनि उल्लेख छ। खुटीया-दिपायल-चैनपुर-उरै भञ्ज्याङ योजना को निर्माण शीघ्र सम्पन्न गर्ने नेकपाले जनाएको छ।
यससँगै काठमाडौँको बाहिरी चक्रपथ र अन्य प्रमुख शहरमा चक्रपथको निर्माणलाई तीव्रता दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ। ‘सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्याइनेछ। हुलाकी सडकका बाँकी खण्डको निर्माण कार्य पूरा गरिनेछ,’ नेकपाले भनेको छ, ‘पूर्व-पश्चिम हिमाली लोकमार्गको अध्ययन गरी प्रारम्भिक कार्य सम्पन्न गरिनेछ।’
नेकपाले ठूला पूर्वाधार निर्माणमा पनि जोड दिएको छ। ‘केरुङ-काठमाडौँ, काठमाडौँ-पोखरा र काठमाडौँ-लुम्बिनी रेलमार्गको निर्माण प्रक्रिया अगाडि बढाइनेछ। यसअघि सहमति भए अनुसारका नाका सञ्चालनका लागि कूटनीतिक पहल गरिनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘पूर्व-पश्चिम रेलमार्ग निर्माण र काठमाडौँमा मेट्रोरेल तथा मोनोरेल निर्माण प्रक्रिया अगाडि बढाइनेछ।’
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य ५ वर्षमा सक्ने, हाल प्रयोगमा नरहेका मुलुकका विभिन्न भागका विमानस्थलको स्तरोन्नति गरी प्रयोगमा ल्याउने वा अन्य प्रयोजनमा उपयोग गर्ने नेकपाले जनाएको छ। ‘मुलुकका विभिन्न भागमा द्रुतमार्ग, लोकमार्ग र टनेल मार्गको निर्माण कार्य अगाडि बढाइनेछ। प्रमुख सहरहरूमा मास ट्रान्सिट सिस्टम कार्यान्वयनमा ल्याउनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘ठूला नदीहरूमा जल यातायातका पूर्वाधार निर्माण गरिनेछ।’
https://drive.google.com/file/d/1WcXsimzuoqVe96H_DJ-7nlPPFxRdyaZm/view?usp=drivesdk
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend