Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • रामेछाप बस दुर्घटना अपडेट: मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी


    मंगलबार, माघ २७ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार मध्याह्न तामाकोशी नदीमा खस्दा नौ जनाको मृत्यु भएको छ ।

    ओखलढुंगा जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा घटनास्थलमै पाच जनाले ज्यान गुमाएका थिए ।

    अचेत अवस्थामा उधार गरि अस्पताल पुर्‍याइएका थप चार जनालाई डाक्टरले मृत घोषणा गरेका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका बताए ।

    प्रमुख जिल्ला अधिकारी थापाका अनुसार अचेत अवस्थाका थप चार जनालाई अस्पताल लगिँदै छ भने ८ जना घाइतेहरूको उपचार भइरहेको छ ।

    घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो । उक्त टोलीले बससँगै तामाकोशीमा डुबेकाहरूको पनि खोजी गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार