Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • काँग्रेसलाई गरेको विश्वास भोटमा बदल्न गगनको आग्रह


    मंगलबार, माघ २७ २०८२
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले काँग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् ।

    मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गरेका हुन् ।

    उनले मतदातालाई भने, ‘तपाईँहरूले काँग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ । अब यो क्षेत्रबाट काँग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’

    बदलिएर आएको काँग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्ने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार