Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामेछाप बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, ६ जनाको उद्धार


    मंगलबार, माघ २७ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट क्षेत्रमा तामाकोशी नदीमा खसेको छ।

    बा ९९७५ नम्बरको उक्त बस दुर्घटनामा परेर कम्तीमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

    उद्धार कार्यमा संलग्न प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार