Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ३ को मृत्यु


    मंगलबार, माघ २७ २०८२
    595
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको यात्रुबाहक बस तामाकोशीमा खसेको छ । मंगलबार बिहान काठमाडौंबाट यात्रु बोकेर गएको उक्त बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ५९७५ नम्बरको बस त्रिवेणी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    दुर्घटनापछि स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् ।

    रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा उक्त दुर्घटना भएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार