काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब सिलिन्डर पनि नचाहिने गरी घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिने बताएका छन्।
सोमबार झापामा घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्यासको वितरणबारे बोलेका हुन्। नेपालमै खाना पकाउने ग्यास निस्किन लागेको बताए।
दैलेखको ग्यास उत्खनन् बन्द गरिएकोमा असन्तुष्टि जनाउँदै काम थाल्नुपर्ने बताए। ‘अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ। त्यो ग्यास निकाल्नुपर्छ,’ ओलीले भने।
दैलेखमा ग्यास निकाल्न सुरु गरेपछि विदेशबाट आयात रोकिने उनको भनाइ थियो। ‘पानीजस्तो ट्यांकमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन,’ ओलीले भने।
यसअघि गुइँठा बाल्ने विषयमा दिएको अभिव्यक्तिका विषयमा पनि उनले प्रस्टीकरण दिए। त्यसमा आफूले अपमान गर्न नखोजेको आसय प्रकट गर्दै ओलीले भने, ‘संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ, मान्छेहरूलाई अलमलमा पारेर, हाम्रो बेइज्जत गर्यो, हामीलाई गुइँठा बाल्ने भन्यो भनेर भन्छन्। दाउरा पनि बाल्ने होइन, अब अब बिजुली बाल्नेतिर पुग्नुपर्छ।’
केही दिनदेखि उनी झापा-५ मा घरदैलो अभियानमा व्यस्त रहेका छन्। उनी यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदावर बनेका छन्।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend