बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने बताएका छन् ।
‘जनसम्पर्क’ कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनी पुगेका लामिछाने फागुन २१ निर्वाचन देशले जित्ने निर्वाचन भएको बताएका हुन् ।
उनले भने, ‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो ।’
रास्वपामा बालेन्द्र शाह (बालेन)को टिम समाहित भएको प्रसङ्ग उल्लेख गर्दै उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट भएको लामिछानेले बताए । ‘हामीले पद बाडेका छैनौँ, जिम्मेवारी विभाजन गरिएको छ, उनले भने । अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार हुने उनको भनाइ छ ।
लामिछानेले आफूहरूले घोषणापत्र नभई काममा विश्वास गर्ने तर्क गर्दै विगतमा अन्य दलले गर्न नसकेका कामहरू आफूहरूले पुरा गर्ने जिकिर गरे ।
देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र लामिछाने कपिलवस्तु जिल्ला प्रवेश गर्ने रास्वपाले जनाएको छ ।
रास्वपा रुपन्देहीका सभापति डा. बुद्धि प्रसाद शर्माले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने छन् । त्यसक्रममा बाटोमा पर्ने २६ स्थानमा सम्बोधन गर्न कार्यतालीका रहेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend