काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा सर्लाही निर्वाचन क्षेत्र न ३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले सर्लाहीवासीको अधिकार संरक्षण, स्थानीय विकास र राष्ट्रिय समृद्धिका लक्ष्यप्रति निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सर्लाहीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नो जन्म गोरखामा भए पनि आफू कुनै निश्चित स्थानमा सीमित नभई देश र जनताको हित जहाँ आवश्यक हुन्छ, त्यहीँ रहेर जिम्मेवारी निर्वाह गर्ने धारणा राखेका छन्। जनताको आवश्यकता र समस्यासँग जोडिएर काम गर्नु नै आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो ।
कार्यक्रममा उनले सुकुमबासी, अव्यवस्थित बसोबासी तथा श्रमजीवी परिवारको स्थायी आवास सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । यसका लागि लालपुर्जा वितरण र नागरिक अधिकारको सुनिश्चितताका विषयमा जनतासँग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए ।
श्रेष्ठले अधिकार संरक्षणका विषयमा अन्तिम समयसम्म अडिग रहने, विकास र समृद्धिको यात्रामा जनतासँगै संघर्ष गर्ने तथा व्यक्तिगत समस्या, अन्याय वा कठिनाइमा नागरिकको साथमा उभिने तीन वटा स्पष्ट प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरेका छन् ।
उनले निर्वाचनको समयमा मात्र जनसम्पर्क गर्ने र पछि निष्क्रिय हुने प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गर्दै सेवा, न्याय, अधिकार र दिगो विकास केन्द्रित राजनीति अघि बढाउने आफ्नो दृष्टिकोण स्पष्ट पारेका छन्।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले १०५ वटा पुल बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend