काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एकै दिन चितवनदेखि बुटवलसम्म १९ ठाउँमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
आज दिनभरको तालिका सार्वजनिक गर्दै उनले चितवन हुँदै नवलपरासीदेखि बुटवलसम्म जनसम्पर्क तथा सम्बोधन गर्ने जनाएका छन्। लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म आफ्नै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सम्बोधन तथा भेटघाट गरेका छन्।
बिहान साढे ८ बजे फिस्लिङ बजार, बिहान ९ बजे चुम्लिङछार, बिहान साढे ९ बजे कुरिनटार मन्दिर, बिहान १० बजे लेवाटार, बिहान साढे १० बजे केबलकार र बिहान ११ बजे मुग्लिङ बजारमा सम्बोधनको कार्यक्रम तय गरिएको हो।
यस्तै, आजै नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम राखिएको छ। दिउँसो १ बजे जेनजी चोक, सवा १ बजे थुम्सि थोक, साढे १ बजे हर्कपुर चोक, पौने २ बजे १६ नम्बर चोक, दिउँसो २ बजे रहजहर चोक, सवा २ बजे दलदले चोक र पौने ३ बजे कावासोती फलफूल चोकमा भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम रहेको लामिछानेको सचिवालयले जनाएको छ।
त्यस्तै, दिउँसो ३ बजेसम्म नवलपरासीमा रहने लामिछाने आजै बुटवल जाने कार्यक्रम रहेको छ। दिउँसो ३ बजे डण्डा बजार, दिउँसो ३स्२५ बजे चोरमारा बजार, अपराह्न पौने ४ बजे आरुङखोला बजार, सवा ४ बजे दुम्किबास बजार, पौने ५ बजे दाउन्ने बजारमा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ।
आजै साँझ साढे ६ बजे नवलपरासीबाट बुटवल पुगेर सम्बोधन गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपा सभापति समेत रहेका लामिछाने चितवन- २ का उम्मेदवार हुन्।
रास्वपाका उम्मेदवारको पक्षमा चुनावी माहोल बनाउन उनी आसपासका जिल्लामा पुग्न थालेका हुन्। खुट्टाको चोटका कारण दुई साता उपचारमा बिताएका लामिछाने तीन दिनअघि मात्रै काठमाडौँबाट चितवन आएका थिए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले १०५ वटा पुल बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend