काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदातालाई आश्वासन र भाषणभन्दा ठोस काम गर्ने नेतृत्वलाई समर्थन गर्न आग्रह गरेका छन्। उनले परिणाम देखिने कार्यसम्पादनका आधारमा एक पटक अवसर दिनुपर्ने धारणा व्यक्त गरे।
शुक्रबार सिरहा-धनुषा जोड्ने कमला पुल क्षेत्रको निरीक्षणका क्रममा घिसिङले आफू व्यवहारिक काममार्फत नतिजा दिन सक्ने जिम्मेवार पात्र भएको दाबी गर्दै जनसमर्थन आवश्यक रहेको बताए। उनले पार्टीको नेतृत्व र कार्यदिशा कार्यकेन्द्रित रहेको उल्लेख गरे।
उनका अनुसार हाल उदाउँदै गरेका नयाँ राजनीतिक धारका युवाहरू सार्वजनिक हितका मुद्दामा सक्रिय भएर काम गर्न तत्पर छन्। विगतका स्थापित राजनीतिक शक्तिहरूले विकास र सुधारका विषयमा अपेक्षित परिणाम दिन नसकेको सन्दर्भ उठाउँदै उनले जनहितका कार्य अघि बढाउन युवा नेतृत्वको भूमिका अपरिहार्य रहेको दृष्टिकोण राखे।
घिसिङले जनअपेक्षालाई बेवास्ता गर्ने र प्रतिबद्धता पूरा नगर्ने प्रवृत्तिको समय समाप्त भएको टिप्पणीसमेत गरे। साथै, गुणस्तरीय शिक्षा, कृषि क्षेत्रको रूपान्तरण, सिँचाइ व्यवस्था, विद्युतीकरण तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर पार्टीले काम गर्ने स्पष्ट पारेका छन्।
उनले यी क्षेत्रमार्फत समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने स्पष्ट योजना तयार रहेको दाबी गर्दै त्यसको कार्यान्वयनका लागि जनताको समर्थन आवश्यक रहेको बताएका छन्।
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले १०५ वटा पुल बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend