काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताको काठमाडौँ केन्द्रित दौडधुप अझै रोकिएको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै स्वतः पदमुक्त भएका गुप्ता पछिल्लो समय अदालतभित्र ‘सेटिङ मिलाउने’ र आफू अनुकूल न्यायाधीश खोज्ने प्रयासमै सक्रिय रहेको आरोप स्रोतहरूले लगाएका छन् ।
निलम्बनपछि गुप्ता काठमाडौँमा बसेर कानुनी प्रक्रियालाई प्रभावित पार्न सकिने सम्भावित व्यक्तिहरूसँग निरन्तर सम्पर्कमा रहेको, बिचौलियामार्फत् पहुँच खोजिएको र मुद्दालाई कमजोर बनाउने रणनीति बनाइएको चर्चा कानुनी तथा प्रशासनिक वृत्तमा चल्न थालेको छ । मुद्दामा प्रतिवादी बनाइएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, लेखापाल संजय पटेल र विज्ञापन एजेन्सी के.एस. मल्टिपर्पोज प्रा.लि.का सञ्चालक कमलकुमार उपाध्यायसँग जोडिएका समूहहरू समेत यही प्रयत्नमा लागेको बताइन्छ ।
यसैबीच, न्यायाधीश खोज्दै काठमाडौँ धाइरहेको विषयमा समाचार प्रकाशन भएपछि मनोज गुप्तासहितको आन्तरिक समूहमा खैलबैला मच्चिएको स्रोतहरूको दाबी छ । ‘भित्रको कुरा कसरी बाहिरियो ?’, ‘कसले सूचना दियो ?’ भन्ने प्रश्न उठाउँदै गुप्तासँग जोडिएका व्यक्तिहरूबीच आरोप–प्रत्यारोप र आक्रोश देखिएको बताइन्छ । केहीले समाचारलाई ‘व्यवस्थित रूपमा चुहाइएको सूचना’ भन्दै असन्तुष्टि पोखेको र आगामी दिनमा थप कुरा बाहिरिन नदिन सतर्कता अपनाउने छलफलसमेत भएको स्रोतको भनाइ छ ।
अख्तियारको आरोपपत्र अनुसार राष्ट्रिय दैनिकमा सूचना नै नछापी नक्कली प्रति खडा गरी सरकारी रकम हिनामिना गरिएको पुष्टि भइसकेको अवस्थामा पनि प्रतिवादी पक्षले मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा चित्रित गर्ने, न्यायिक प्रक्रियामाथि प्रश्न उठाउने र अदालतलाई नै बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नु गम्भीर विषय भएको कानुनविद्हरू बताउँछन् । उनीहरूका अनुसार अदालत विचाराधीन मुद्दामा ‘सेटिङ’, ‘न्यायाधीश खोज्ने’ जस्ता गतिविधि र चर्चा हुनु आफैंमा न्यायिक प्रणालीप्रति अविश्वास फैलाउने खतरनाक संकेत हो ।
पर्सा जिल्लाको इतिहासमै पहिलोपटक बहालवाला गाउँपालिका अध्यक्ष भ्रष्टाचार मुद्दामा निलम्बनमा परेको यो प्रकरण अब केवल कानुनी विषयमा सीमित नरही सुशासन, न्यायिक निष्पक्षता र राज्य संयन्त्रको विश्वसनीयताको परीक्षण बन्न पुगेको छ । अदालतले तथ्य र प्रमाणका आधारमा निष्पक्ष फैसला गर्ने अपेक्षा जनतामा रहे पनि, निलम्बित पदाधिकारीहरूद्वारा गरिँदै आएको भनिएको पर्दा पछाडिको चलखेलले न्याय पैसाको पहुँचमा पर्छ कि पर्दैन ? भन्ने गम्भीर प्रश्न उठाएको छ ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend