Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी


    शनिबार, बैशाख ८ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बैसाख । पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहुखेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।

    भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो । आगलागीबाट भएको क्षतिवारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार