Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि


    बिहिबार, माघ २२ २०८२
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा.बाबुराम भट्टराईका बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।

    ९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचार गराइरहेका उनको त्यहीं निधन भएको थियो ।

    अन्त्येष्टिमा प्रलोपाका नेता-कार्यकर्ताहरु सहभागी भएका थिए । अन्य राजनीतिक दलका उच्च तहका नेताहरु भने सहभागी भएका थिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार