Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जनकपुरधाम पुगेर कुलमानले भने-‘हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन’


    बिहिबार, माघ २२ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अरु कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन् ।

    चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका घिसिङले आज बिहान सञ्चाकर्मीसँगको भेटघाटमा भने, ‘देशको लिड गर्न हामी आएका छौं । अरु कसैलाई प्रधामन्त्री बनाउन आएका होइनौं । हामी नै यो देशमा परिवर्तन गर्नेछौं ।’

    उनले धेरै सिटमा उज्यालो अभियान पार्टी प्रतिस्पर्धामा रहेको जिकिर गरे ।

    हिजो व्यक्ति र पार्टीलाई मत दिए पनि अब देशको समृद्धिका लागि मतदान गर्न उनले आह्वान गरे । जेनजी आन्दोलन पश्चात आएको नयाँ पार्टी उज्यालो नै रहेको बताउँदै नयाँलाई विश्वास गरेर काम गर्ने अवसर दिन आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार