काठमाडौँ। नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई कमजोर बनाउँदै अस्तित्वहीन बनाउने लक्ष्यका साथ विभिन्न प्रकारका योजनाबद्ध गतिविधि र षड्यन्त्र भइरहेको दाबी गरेका छन्।
यस्ता प्रयासहरू बाह्य रूपमा देखिए पनि त्यसको प्रभाव न्यूनीकरण गर्न पार्टीभित्रै संगठनात्मक रूपमा थप सुदृढ हुनुपर्ने आवश्यकता रहेको उनले बताए।
बुधबार काठमाडौँ उपत्यकाका सूर्य चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै पोखरेलले एमालेलाई लक्षित गरी भइरहेका गतिविधिलाई सामान्य राजनीतिक आलोचनाको रूपमा मात्र लिन नहुने बताए। उनले पार्टीविरुद्ध भइरहेका प्रयास दीर्घकालीन रणनीतिअन्तर्गत अघि बढाइएको संकेत गरेका छन्।
उनका अनुसार यस्ता गतिविधिले पार्टीलाई कमजोर पार्ने उद्देश्य राखे पनि आन्तरिक एकता, वैचारिक स्पष्टता र संगठनात्मक मजबुती कायम राख्न सके बाह्य षड्यन्त्रले असर पार्न नसक्ने बताए। पोखरेलले एमालेभित्र आन्तरिक रूपमा थप अनुशासित र संगठित बन्नु नै यस्ता चुनौतीको दीर्घकालीन समाधान हुने धारणा व्यक्त गरेका छन्।
जेन जेड आन्दोलनका सन्दर्भमा उनले आन्दोलनले उठाएका मूल मुद्दासँग पार्टीको विमति नरहेको स्पष्ट पार्दै आन्दोलनको आवरणमा भएका केही गतिविधिप्रति भने आपत्ति रहेको बताए। आन्दोलन आफैंभित्रबाटै ‘हाइज्याक’ भएको स्वीकारोक्ति आएको उल्लेख गर्दै त्यसलाई एकोहोरो रूपमा बुझ्न नहुने उनको भनाइ थियो।
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले १०५ वटा पुल बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend