काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इश्वर खतिवडाले न्यायपरिषदले न्यायाधीश नियुक्तिका लागि निर्वाचन आयोगसँग सहमति माग्नु र आयोगले नदिनु दुबै गलत कुरा भएको बताएका छन् । जसले बनाएको भए पनि कुनै पनि आचारसंहिता कानून र संविधान भन्दा माथि नहुने र संविधान र कानूनका प्रावधानलाई प्रतिस्थापन गर्न नसक्ने उनी बताउँछन् ।
संस्थागत आवश्यकताका दृष्टिले अहिले न्यायाधीश नियुक्त गर्नुपर्ने हो भने निर्वाचन आचारसंहिताको कारणले नियुक्तिको काम रोकिनु नहुने खतिवडाको तर्क छ ।
सामाजिक संजालमा खतिवडा लेख्छन्–‘न्यायाधीश नियुक्तिका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कारण न्याय परिषद्लाई सहमति दिएनू भन्ने समाचार सुन्दा ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भने जस्तो लागेको छ । यो असल थितिको आवरणमा अगाडि सारिएको बेथिति नै हो ।
न्यायाधीश नियुक्तिका लागि सहमति माग्नु र सहमति नदिनु दुवै गलत कुरा हुन । कुरा गलत भएपनि रमिते बन्नुपरेकै छ । अहिले म न्यायाधीश नियुक्ति पाउने आकांक्षी होइन, नियुक्ति दिने हैसियतमा पनि म छैन । मेरो निजी कुराको विषय कही, कतै, कुनै रुपमा पनि जोडिएको छैन । केवल नागरिकको सामाजिक कर्तव्यको दृष्टिले यो धारणा अगाडि सारेको छु ।
जसले बनाएको भएपनि कुनै पनि आचारसंहिता कानून र संविधान भन्दा माथि हुँदैन । यसले संविधान र कानूनका प्रावधानलाई प्रतिस्थापन गर्न सक्तैन । यसका अतिरिक्त, न्यायिक व्यवस्थापनको कुरा निर्वाचन आयोगको खटनमा लगिनु वा जान दिनु पनि हुँदैन । चाहिँदा–नचाहिँदा फर्माइस गरिएको आचारसंहिताका सवै कुरा सवैले मान्नुपर्छ भन्ने पनि होइन । दुर्नियति बाजा बजाएर आउँदैन । यस्तै यस्तै विवेकहीन दम्भ र मिथ्याचारले संस्थागत आस्था र प्रभावकारिता क्रमशः कमजोर बन्दै जान्छन् । मेरो बढी चासो यही पाटोमा हो ।
संस्थागत आवश्यकताका दृष्टिले अहिले न्यायाधीश नियुक्त गर्नुपर्ने हो भने निर्वाचन आचारसंहिताको कारणले नियुक्तिको काम रोकिनुहँुदैन । त्यस्तो बितेको विग्रिएको खास केही छैन भने पछि नै नियुक्ति गर्दा पनि भइहाल्छ । तर यो विषयको सन्दर्भमा अस्वभाविकताकै आभाष भएको छ । कस–कसलाई र किन ‘तातै खाउँ जलि मरुँ’ जस्तो भएको हो ? बुझ्न कठिन भयो ।
यस विषयसँग जोडिएका सवाल र पहलुहरु अरु पनि धेरै छन् । स्वतन्त्र न्यायपालिकाको आदर्शलाई केन्द्रमा राखेर यस विषयमा पर्याप्त छलफल गर्न सकिन्छ ।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend