काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले महानगरपालिकालाई पत्र लेखेको हो ।
यस सम्बन्धमा कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको भन्दै आयोगले पत्र लेखेको जनाएको छ ।
निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड ९क० को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने तर सरुवा रोगको महामारी वा कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।
यस सन्दर्भमा कार्यबाहक नगरप्रमुखले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन रु भनेर आयोगले महानगरपालिकालाई जवाफ सहित कागजात पेश गर्न भनेको छ । ‘यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको भए सो कागजातको प्रमाणित प्रति यो पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ’ आयोगले सोमबार महानगरलाई लेखेको पत्रमा उल्लेख छ ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend