नवलपरासी। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट करिब ३०० निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ ।
जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । जिल्लामा परेको दुई हजार ५०० बढी आवेदनमध्ये यहाँका लागि एक हजार ७४२ जना निर्वाचन प्रहरी छनोट गरिएको खड्काले बताए । जिल्ला प्रहरी कार्यालयले माग गरेअनुरूप आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेपछि वैकल्पिक सूचीमा रहेकामध्ये २९० जनालाई स्याङ्जा पठाइएको खड्काले बताए ।
‘हामीले सफल उम्मेदवारहरूलाई आइतबारदेखि तालिम दिन सुरु गरेका छौँ, आजसम्म लगातार तीन दिन अनुपस्थित भएकालाई सूचीबाट हटाएर वैकल्पिकलाई तालिम दिन्छौँ’, उनले भने, ‘वैकल्पिकमा परेकामध्ये १०० जनाभन्दा बढीलाई हामीले जिल्लामा नै राखेका छौँ ।’
जिल्लामा गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन माग गरिएकामा आवश्यक सङ्ख्याभन्दा थोरैको आवेदन परेपछि पुनः माघ १० र ११ गते पनि निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियो । दोस्रो पटक म्याद थपिएपछि जिल्लामा आवश्यकताभन्दा बढी आवेदन परेको खड्काको भनाइ छ । जिल्लामा नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलतर्फ सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीबाट आवेदन माग गरिएको थियो ।
‘जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिएर उत्तीर्ण भएका एक हजार ५४३ जना र सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा आवेदन दिएर उत्तीर्ण भएका १९९ जना गरी एक हजार ७४२ जनालाई तालिम दिन सुरु गरिसकेका छौँ’, प्रहरी उपरीक्षक खड्काले भने । सशस्त्र प्रहरीतर्फबाट छनोट भएका निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा तालिम दिइएको भन्दै उनले भने, ‘जिल्ला प्रहरी कार्यालयबाट छनोट भएका एक हजार ५४३ जनालाई जिल्लाका विभिन्न स्थानमा प्रहरी निरीक्षकको नेतृत्वमा तालिम प्रदान गर्दैछौँ ।’
छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनको तालिमपश्चात निर्वाचन प्रहरीका रूपमा निर्वाचन सुरक्षाका लागि खटाइने खड्काले बताए । आसन्न निर्वाचनमा जिल्लाको ११४ मतदान स्थलका ३११ मतदान केन्द्रबाट मतदान हुँदैछ । जिल्लामा जम्मा दुई लाख ६८ हजार ५२६ मतदाता रहेकामा चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा विभिन्न ११ मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका क्रममा भौगोलिक विकटता, विगतको अवस्थालगायत विभिन्न विषयलाई अध्ययन गरी निर्वाचन स्थलको वर्गीकरण गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लाका मतदान स्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । जिल्लामा ११ वटा अति संवेदनशील, ५० वटा संवेदनशील तथा ५३ वटा सामान्य मतदान स्थल रहेका भुसालले बताए । प्रतिनिधिसभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेका जिल्लामा ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
जिल्लामा निर्वाचन सुरक्षाका लागि केन्द्रीय तयारीअनुसार नै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिँदै छन् । मतदान केन्द्रमा नेपाल प्रहरी र निर्वाचन प्रहरी मतदान स्थलको सुरक्षामा सशस्त्र प्रहरी तथा बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने जनाउँदै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले राष्ट्रिय अनुसन्धानका कर्मचारीले निर्वाचनको गतिविधिबारेमा बाहिरी घेराबाट सूचना संकलनगर्ने जानकारी दिए ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend