भोजपुर । जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै सङ्कट उत्पन्न भएको छ । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान सोवित आछामेका अनुसार सुन्तलामा एैजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै सुक्ने समस्या देखिन थालेको छ । यी समस्याका कारण उत्पादन घट्दै गएको र कतिपय स्थानमा बगान पूरै नष्ट हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
प्राविधिक सहयोगको कमी र समयमै उपचार नपाउँदा समस्या झनै बढ्दै गएको किसानको गुनासो छ । बगान नै सुक्न थालेपछि बाध्य भएर सुन्तलाका बोट काटेर फाल्नुपरेको भोजपुर –६ का किसान आछामेले बताए ।
“राज्यका सम्बन्धित निकायले सुन्तलामा देखिएको रोगको पहिचान गरी समाधानका लागि तत्काल पहल गर्नुपर्छ,”उनले भने, “बोट सुकेर बगाननै सखाप भएपछि किसान अत्यन्तै चिन्तामा परेका छन् ।”
यहाँ उत्पादन भएको सुन्तलाले किसानको आयआर्जनमा महत्वपूर्ण योगदान पुयाउँदै आएको छ । तर पछिल्लो समय रोग र व्यवस्थापनको समस्याले सुन्तला खेती सङ्कटमा पर्दै गएपछि किसान चिन्तित बनेका छन् । किसानले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सुन्तला खेती जोगाउन दीर्घकालीन योजनाको माग गरेका छन् ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend