पाल्पा । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अतिसंवेदनशील रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार क्षेत्र नं २ मा ९ वटा अतिसंवेदनशील निर्वाचनस्थल रहेका छन् ।
क्षेत्र नं १ मा २४ वटा संवेदनशील र ८ वटा सामान्य रहेको प्रजिअ बज्राचार्यले बताइन । क्षेत्र नं २ मा संवेदनशील २६ र सामान्य ३१ वटा मतदानस्थल रहेका छन् । पाल्पा क्षेत्र नं २ मा जम्मा ६६ वटा निर्वाचन स्थल रहेका छन्।
जिल्लाभर रहेका ११८ निर्वाचन स्थलमा प्रत्येक केन्द्रमा एकदिख पाँचवटासम्म मतदान केन्द्र रहेका छन् ।
वि.स.२०७९ को निर्वाचनमा जिल्लाभर २४६ वटा मतदान केन्द्र रहेकोमा अहिले बढेर २५१ वटा पुगेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । मतदाता सङ्ख्या बढेका कारण मतदान केन्द्र थप भएको उनले बताए ।
पाल्पामा हाल दुई लाख सात हजार ४३६ जना मतदाता छन् । २०७९ तुलनामा ६ हजार ११० जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend