काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ४ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुकार बममाथि अमरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न जाने भनेर उठाएको चन्दाको सदुपयोग वा दुरुपयोग के भएको त्यसको बारेमा जवाफ मागिएको छ ।
सामाजिक संजालमा इश्वर अर्यालले बमसँग हावर्ड युनिभर्सिटीमा अध्ययन गर्नका लागि भनेर बमले २०८१ चैतमा सामाजिक संजालमा क्यूआर कोड राखी अपिल गरी उठाएको चन्दा रकमबारे जवाफ मागेका छन् ।
बमले १० महिनाअघि हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि क्यूआरमार्फत् अपिल गरी चन्दा मागेको तर उनी पढ्न गए कि गएनन् ? त्यो उठाइएको चन्दा रकम बमले के गरे ? उठेको पैसा कुनै बार वा क्लवमा पो निवेश गरे कि भनेर अर्यालले प्रश्न गरेका छन् ।
अर्यालका प्रश्न छन्–‘हार्वर्डमा पढ्न गएको भए, उनले के कस्तो अध्ययन गरेर आए ? त्यसबारे न सामाजिक संजालमार्फत् नै जानकारी दिइयो, न कुनै अन्य माध्यमबाट । आम सर्वसाधारणसँग झुट बोलेर पैसो उठाउने, खाने, डकार्ने, अनि गजक्क परेर लाजै पचाएर हिँड्न त नहुने ? जनतासँग उठाइएको रकममा पित्कोबराबर पनि उत्तरदायी हुन नसक्ने बमले संसद गएर गर्ने के हो ?’
अर्याल लेख्छन्– ‘यी हुन पुकार बम, काठमाडौ क्षेत्र नम्बर ४ बाट रास्वपाका उम्मेदवार ।
१० महिनाअघि हार्वर्ड केनेडी स्कूलको मास्टर इन पब्लिक एडमिनिस्ट्रेशन कार्यक्रममा एडवर्ड एस। मेसन फेलोको रूपमा स्वीकृत भएको भन्दै यिनले सामाजिक संजाल र अन्य प्लेटफार्ममार्फत सर्वसाधारणसँग पैसा उठाउन थालेका थिए ।
अब, त्यसपछि यिनी कता बतासिए ? हावर्ड गए कि गएनन । पैसा के गरे, उठेको पैसा कुनै बार या क्लबमा पो निवेश गरे कि ?
हावर्ड गएको भए, कति बुद्धि बोकेर आए कुन्नी !
त्यसबारे न सामाजिक संजालमार्फत नै जानकारी दिइयो, न कुनै अन्य माध्यमबाट । आम सर्वसाधारणसँग झुट बोलेर पैसो उठाउने, खाने, डकार्ने, अनि गजक्क परेर लाजै पचाएर हिँड्न त नहुने १
जनतासँग उठाइएको अब्लिक फन्डमा पित्कोबराबर पनि उत्तरदायी हुन नसक्ने यीनले संसद गएर गर्ने के हो ? पुकार बमबाट जवाफको अपेक्षा छ ।
प्रश्न गर्न नछाडौं ।’
रास्वपा केन्द्रीय सदस्यसमेत रहेका बमले गत बर्ष चैतमा आफूलाई वैकल्पिक राजनीतिक अभियानको अभियन्ता भन्दै हार्वर्ड विश्वविद्यालयल एडवर्ड एस.मेसन फेलोको रूपमा स्वीकृत गरेको भन्दै युनिभर्सिटीको पत्रसमेत राखेर चन्दा असुलीका लागि अपिल गरेका थिए । बमलाई हार्वर्ड केनेडी स्कूलको मास्टर इन पब्लिक एडमिनिस्ट्रेशन कार्यक्रममा एडवर्ड एस. मेसन फेलोको रूपमा स्वीकृत गरेको भन्दै उनले रातोपाटी डटकम, सिधाकुरा डटकम सहितका धेरै मिडियामा समाचार समेत प्रकाशित भएको थियो ।
इश्वर अर्यालले पुकार बमसँग चन्दाको बारेमा उठाएको सवाल

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend