Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • केपी ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग


    शुक्रबार, माघ १६ २०८२
    390
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेले पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरेको छ ।

    मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा एमालेका नेताहरूले यस्तो माग गरेका हुन् । उक्त बैठकमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए।

    महासचिव पोखरेलले सर्वदलीय बैठकमा रहेका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । जसमा पार्टी अध्यक्ष ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरिएको उल्लेख छ।

    महासचिव पोखरेलले लेखेका छन्, ‘वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्रीको राहदानी रोक्का गर्ने र स्थान हद गर्ने जस्ता गैर जिम्मेवार कार्य गरेको छ, हाम्रो पार्टी यस्ता अनुचित कदम रोकिनु पर्छ भन्ने मान्यता राख्दछ।’

    यी लगायत दश बुँदा सर्वदलीय बैठकमा राखेको भनेर महासचिव पोखरेलले सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार