Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्न अस्वीकार


    बिहिबार, माघ १५ २०८२
    510
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही । जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको छ।

    महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेसहितको अभियोग फिर्ता लिन निवेदन पेस गरेको थियो । सो निवेदन जिल्ला सरकारी वकिल कार्यालयमार्फत पेश गरिएको थियो । अदालतले निवेदन अस्वीकार गरेको हो ।

    अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले अन्तिम निर्णय नआएसम्म निवेदन पेश गर्न नहुने आदेश दिइएको हो ।

    माघ ६ मा न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ‘उक्त विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै रहेको बुझिन आएकोले त्यसको अन्तरिम आदेशको विषयमा अन्तिम टुङ्गो लागेपछि मात्र पेश गर्नू’भन्ने आदेश जारी गरेको पौडेलले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार