Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • मधेश प्रदेशका एक हजार २४६ मतदानस्थल अति संवेदनशील 


    बिहिबार, माघ १५ २०८२
    525
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेश प्रदेशका कुल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अति संवेदनशील रहेको जनाइएको छ ।

    मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् ।

    त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए ।

    आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ ।

    मधेश प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।

    मधेश प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार