Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • अर्यालको संयोजकत्वमा रास्वपाले बनायो निर्वाचन सम्पादन समिति


    बिहिबार, माघ १५ २०८२
    510
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । रास्वपाले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन सम्पादन समिति गठन गरेको हो ।

    फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरी अब्बल सरकार निर्माण गरेर देशको समग्र विकास गर्न तथा देशको आन्तरिक सबलता एवं बाह्य सम्मानलाई समेत अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्रीय समिति बैठकको निर्णय अनुसार उक्त समिति गठन गरेको सो पार्टीले जनाएको छ ।

    उपसभापति अर्याल संयोजक रहेको समितिमा सदस्य सचिव शंकर श्रेष्ठ छन्। सात प्रदेशमा पनि संयोजक तोकेको छ। निर्वाचनको कामलाई व्यवस्थित गर्नको लागि ३ विशेष उपसमिति समेत गठन गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार