Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हुस्सुको कारण काठमाडौँसहित विमानस्थलमा उडान ठप्प


    बिहिबार, माघ १५ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । खराब मौसमका कारण त्रिभुबन अन्तरास्ट्रिय विमानस्थल लगायत देशका विभिन्न विमानस्थलमा उडान ठप्प बनेको छ।

    बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण देशका विभिन्न विमानस्थलमा उडान ठप्प रहेको भएको हो ।

    काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको बुद्ध एयरले जानकारी दियो ।

    मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने विमानस्थल स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार