काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था हाल स्थिर र सामान्य रहेको अस्पतालले स्पष्ट पारेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जारी गरेको आधिकारिक सूचनाअनुसार उनलाई हिजो साँझ उपचारका लागि भर्ना गरिएको हो। अस्पतालका प्रवक्ता डा.गोपाल सेडाईका अनुसार उनको उपचार नशामार्फत एन्टिबायोटिक औषधि दिइने प्रक्रियामार्फत भइरहेको छ।
अस्पतालको विवरणमा जनाइएअनुसार माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो। प्रारम्भिक औषधि सेवनबाट अपेक्षित सुधार नदेखिएपछि संक्रमण (सेलुलाइटिस)देखिएको र त्यसपछि हाडजोर्नी विभागमा भर्ना गरी उपचार अघि बढाइएको हो।
यसैबीच सामाजिक सञ्जालमा फैलिएका केही तस्बिरहरू अस्पतालभित्र खिचिएका नभएको पनि अस्पतालले स्पष्ट गरेको छ। अस्पताल प्रशासनले उपचार प्रक्रिया चिकित्सकहरूको निगरानीमा नियमित रूपमा जारी रहेको जनाएको छ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend