Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खराब मौसमका कारण उडान प्रभावित: केही डाइभर्ट, केही आकाशमै होल्ड


    बुधबार, माघ १४ २०८२
    405
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् भने केही जहाजलाई आकाशमै होल्ड गरिएको छ ।

    त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाका दुईवटा जहाजहरू भिजिबिलिटी कम भएका कारण अवतरण गर्न नसकी डाइभर्ट भएका छन् । ती जहाजहरूका लागि आवश्यक पर्ने न्यूनतम भिजिबिलिटी नभएपछि डाइभर्ट गरिएको हो ।

    यस्तै, चीनबाट आएको चाइना साउदर्न र दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइड बडी विमानलाई सिमराको आकाशमा केही समय होल्ड गरिएको थियो । निगमको जहाज झन्डै आधा घण्टाभन्दा बढी समय होल्डमा बसेको थियो ।

    निमित्त महाप्रबन्धक सिटौलाले केही जहाजलाई अवतरणका लागि २२०० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा केही समयअघि २००० मिटर मात्रै रहेकाले अवतरणमा समस्या भएको जानकारी दिए । उनका अनुसार एयर इन्डियाको हकमा बढी भिजिबिलिटी चाहिने भएकाले ती जहाजहरू डाइभर्ट भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार