कलैया । बाराको परवानीपुरमा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
प्रहरीका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको अज्ञात व्यक्तिबाट हत्या भएको हो ।
बुधबार बिहान करिब ३ बजेको समयमा अज्ञात समूह वा व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा–छोराको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
घटनामा परिवारकै ५० वर्षीय जगरूप मण्डल र उनकी २२ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
हत्या कसले र किन गरेको भन्ने विषय हालसम्म खुल्न नसकेको बारा प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलको सूक्ष्म अध्ययनका साथै तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिको खोजीका लागि आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend