काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ का उम्मेदवार सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गर्दैछन् ।
उनले सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुव्री गाउँपालिकाबाट २१ फागुनमा हुने प्रतिनिधि सभा बैठकका लागि घरदैलो अभियान सुरु गर्ने जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘आजदेखि गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु, यो यात्रा कुनै पदको चाहनाले होइन, यो गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीले सुरु गरेको हो, वीरहरूको भूमि गोरखाले दिएको पहिचान, इतिहास र संस्कारलाई सम्मान गर्दै म तपाईँहरूसामु आएको हुँ ।’
गुरुङले थप भनेका छन्, ’हामीले भोगेका कठिन दिन, अधुरा सपना र अझै बाँकी रहेका कामहरू पूरा गर्न तपाईँहरूको साथ, विश्वास र आशीर्वाद नै मेरो सबैभन्दा ठुलो शक्ति हो । त्यो भरोसाको ऋण म विकास, सुशासन र इमानदार सेवामार्फत तिर्ने वाचा गर्दछु । देशभन्दा ठुलो केही छैन र जनताको सेवाभन्दा ठुलो सम्मान केही छैन । गोरखाको सम्मान, हाम्रो समाजको भविष्य र हाम्रो नेपालका लागि सँगै अघि बढौँ ।’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा...
२०८३ साउन १९ गते nepalface.com मा प्रकाशित ‘फर्जी कागजात पेश गर्ने पर्यटन बोर्डका उच्च अधिकारी गौतमलाई अख्तियारले कसरी दियो सफाई ?’ शीर्षकमा ‘दक्षिण कोरियामा...
काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित राजस्व छुट प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कप्तानगञ्ज घटनामा घाइते भइ उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु गरेका छन् । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। मन्त्रालयका अनुसार शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend