Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा पौडेल नियुक्त


    सोमबार, माघ १२ २०८२
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिने निर्णय गरेको छ ।

    पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय गरेको गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

    गृहमन्त्री अर्यालका अनुसार पौडेललाई अर्को निर्णय नभएसम्म सञ्चालक समितिको अध्यक्ष पदमा कार्य सञ्चालन गर्न नियुक्त गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार