Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी


    सोमबार, माघ १२ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरी-१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी परेको हो ।

    उनीविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको बताइएको छ ।

    उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा (७) अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था रहेको तर उम्मेदवार त्यसविरुद्ध गएको उल्लेख गरिएको छ ।

    सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराइ यसबारे छलफल गर्न र आचारसंहिता उल्लंघन गर्दा हुने कारबाही गर्न पनि माग गरेको छ ।

    निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति बनेको र उक्त समितिले अध्ययन गरी कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार