Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • नेपालगञ्जमा बालेन समर्थक गाडीबाट खस्दा ५ जना घाइते


    सोमबार, माघ १२ २०८२
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहका समर्थकहरू गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्।

    बालेन शाह नेपालगञ्ज पुग्ने कार्यक्रमसँगै उनका समर्थकहरू राँझा विमानस्थल क्षेत्रमा पुगेका थिए । यस क्रममा समर्थक सवार एक गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए ।

    उनका अनुसार ४–५ जना समर्थक गाडीबाट खसेका हुन् । विमानस्थलभित्रकै सडक भएकाले गाडी तीव्र गतिमा रहेकाले घाइतेहरू सबैको अवस्था सामान्य रहेको एसपी जिसीले बताए।

    २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन शाह रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत बनेका छन् । उनी हाल चुनावी प्रचार–प्रसारका लागि पश्चिम नेपालमा छन् ।

    झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडी जिल्लाको भ्रमण सकेर काठमाडौं फर्किएका थिए। त्यसपछि उनी सोमबार पश्चिमतर्फको चुनावी अभियानमा निस्किएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार