Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी


    सोमबार, माघ १२ २०८२
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

    बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल र अर्थमन्त्री रामेश्वरप्रसाद खनाल लगायतका पदाधिकारी सहभागी छन् । सुरक्षा परिषदमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे छलफल हुने बताइएको छ ।

    उच्च हिमाली क्षेत्रको चिसो मौसम र तराईमा निर्वाचनको दुई दिन अघि परेको होली पर्वको कारण सम्भावित सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार