Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेस सभापति थापा आज सर्लाही जाँदै


    सोमबार, माघ १२ २०८२
    485
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने भएका छन् ।

    सभापति थापाको सचिवालयका अनुसार उनी अहिले बिहान १०:३० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन्।

    वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन् ।

    यसअघि काठमाडौँ-४ बाट उम्मेदवार बन्दै आएका थापा पहिलो पटक मधेश झरेका हुन् । सर्लाही-४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह र थापाबीच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार