काठमाडौं । नेपाल प्रहरीले सूचना संकलनका लागि सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने गरेको बताउँदैआएको छ । तर ती सादा पोशाकमा परिचालित हुने घुमुवा प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न भएका उदाहरण एक होइन अनेक पाउन सकिन्छ ।
सादा पोशाकका घुमुवा परिचालन गरी प्रहरीका बृत्तदेखि जिल्ला र प्रदेशका इन्चार्जहरुले असुलीमा परिचालन गर्दैआएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गर्दा र मिडियाले सप्रमाण समाचार प्रकाशित गर्दा पनि घुमुवा खटाउने क्रम रोकिन सकेको छैन ।
यसैक्रममा काठमाडौंको सबैभन्दा आकर्षक बृत्तका रुपमा लिइने लैनचौरमा १३ बर्षदेखि सादा पोशाकका घुमुवा खटाएर बृत्तका इन्चार्जले त्यस क्षेत्रका डिस्को, क्लव र होटलदेखि बिभिन्न ठाउँबाट दररेट अनुसार नै घुस असुल्ने गरेको आरोप छ । लैनचौर बृत्तका हरेक इन्चार्जलाई दररेट संकलन गर्दै बुझाएर विगत १३ बर्षदेखि सादा पोशाकमा खटिएका घुमुवा हुन्, हवल्दार करुण श्रेष्ठ ।
श्रेष्ठ पटक–पटक त्यहाँ घुमुवा हुँदा आर्थिक लेनदेनमा मुछिई कारबाही गरी हटाइएका भए पनि फेरि त्यहीँ सोर्सफोर्स लगाएरै पुग्ने गरेका छन् । करुणको ब्रेक सू मार्फत् सुन तस्करी गर्ने बेल्जियन नागरिक दावा छिरिङ र जीवन चलाउनेसँग बाक्लो उठबस थियो । दाबा र चलाउने दुबै सोह्रखुट्टे क्षेत्रमा कारोबार गर्ने भएकाले उनीहरुको सम्बन्ध निकट रहेको थियो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा नयाँ एआईजी आउनासाथ विवादित घुमुवा करुणको सरुवा गर्दछन् । तर उनी दुई महिनामै पुनः लैनचौर बृत्तमै सरुवा भएर आउने गरेका छन् । दर्जाले हवल्दार उनको पहुँच माथिल्लै निकायसम्म हुने गरेको सरुवा हुनासाथ पुनः लैनचौर बृत्तमै फर्किन सक्ने खुबीले पनि पुष्टि गर्दछ । घुमुवा करुणलाई लैनचौर बृत्तका डीएसपी जागेश्वर भण्डारीले संरक्षण गरेका छन् ।
लैनचौर बृत्त अन्तर्गतका क्लवहरुबाट उनले मासिक रुपमा इन्चार्ज भण्डारी र आफूलाई दररेट तोकेरै लिने गरेको स्रोत बताउँछ । उनले क्लव, होटल र डान्सबारबाट इन्चार्जको नाममा दररेट तय गरी असुली गर्ने गरेका छन् । ठमेल क्षेत्रको एलओडी क्लबजस्ता ठूला र ग्राहकको घुईचो लाग्ने क्लवमा मासिक ३ लाखसम्म इन्चार्जका लागि र आफ्ना लागि २० हजार घुमुवा करुणले असुली गर्दैआएको आरोप छ ।
त्यस्तै सिनेट क्लब र फायर क्लवहरुसँग अर्को दररेट कायम गरी असुली हुने गरेको छ । यस्ता क्लवसँग एक लाखका दरले इन्चार्जको नाममा १ लाख रुपैयाँ र घुमुवाको १० हजार दररेट तय गर्दै असुलिने गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार Tenx क्लव, फुलमुन क्लव, सुगर क्लव, ओमनिया क्लब, गजासुरा बार मिनी डिस्को, कर्मा क्लब जस्ता मझौला खालका क्लवसग छुट्टै दररेट कायम गरिएको छ ।
यी मझौलाको दररेट घुमुवाले ५० हजार इन्चार्ज र १० हजार घुमुवाको लागि तय गरी असुल्ने भएकाले करुण परिसरका इन्चार्जमार्फत् दबाब दिएर सादा पोशाकमा खटिन सफल हुँदैआएका छन् । स्रोतका अनुसार लाइन्स बारजस्ता कम ग्राहक आउने क्लवको २० हजार हाकिम र ५ हजार घुमुवाको दररेट तय गरिएको छ ।
भोल्कानो डान्सबार, स्काई डान्सबारलगायतमा घुमुवाको भागमा मात्र मासिक दररेट कायम गरिएको छ भने सारङ इन होटललाई घुमुवाका लागि बस्ने खाने जक्सन बनाइएको छ ।
ठमेल क्षेत्रका होटलमा ट्याक्सीमा युवती सप्लाई गर्ने दलालहरुको समूहसँग समेत घुमुवाले महिनावारी उठाउने गरेको स्रोत बताउँछ । एउटा ट्याक्सीसँग महिनावारी उनीहरुले ३० हजारसम्म असुल्दैआएका छन् ।
ठमेल क्षेत्रकै एक ब्यवसायीका अनुसार घुमुवाले विभिन्न डान्सबारमा नगद र मदिरा घुसबापत लिने गरेका छन् । १३ बर्षदेखि घुमुवाका रुपमा हाकिमका लागि अतिरिक्त कमाइ गर्न राखिएका करुण श्रेष्ठलाई लैनचौर क्षेत्रका प्रत्येक क्लव, होटल, डान्सबार सबैको जानकारी रहेको र असुलीमा पोख्त भएकाले हरेक डीएसपीले उनलाई परिचालन गरी लाभ लिइरहेका छन् । हालका लैनचौर बृत्तका इन्चार्ज डीएसपी जागेश्वर भण्डारीले समेत उनीबाट यथेष्ट लाभ लिई संरक्षण गर्दैआएका छन् ।
दर्जाले हवल्दार भए पनि श्रेष्ठले ब्यवसायीलाई आईजीपीसम्म पहुँच भएको तुजुक देखाउने गरेका छन् । हुन पनि पटक–पटक विवादमा परी सरुवा भए पनि उनी २ महिनामै लैनचौरमा फर्किने गरेकाले उनको पहुँच माथिसम्मै रहेको कुरा पुष्टि हुने गरेको छ ।
दरबन्दी महाराजगंजको सशस्त्र प्रहरी गण नम्बर २ मा रहे पनि विगत १३ बर्षदेखि लैनचौर बृत्तका घुमुवा रहेका श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलका ब्यवसायीहरुलाई दुःख दिंदै हप्तावारी रकम असुल्ने गर्दैआएको उदाहरण गएको मंसिरमा ओएसिस क्लवमा घटेको घटना हो ।
जेनजी आन्दोलनमा उद्योगी ब्यापारीहरुका घरदेखि उद्योग र ब्यापारीक कम्प्लेक्सहरुमा आगजनी गरी अरबौं रुपैयाँ क्षति बेलासमेत घुमुवा श्रेष्ठले गएको मंसिर १ गते ठमेलको नरसिंहचोकमा रहेको ओएसिस क्लवका कर्मचारी आयुष रावलमाथि राति कुटपिट गरेका थिए । क्लवको गेटमा उभिएर पर्यटकलाई बोलाइरहेका रावललाई हवल्दार श्रेष्ठले कुटपिट गरेको सीसीटीभी फुटेज नै सार्वजनिक भएको थियो । कुटपिटका क्रममा रावलको नाक र मुखमा चोट लागेको थियो ।
जेनजी आन्दोलनअघिका उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङले धेरै गुनासो आएपछि घुमुवा करुण श्रेष्ठलाई नयाँ बानेश्वर बृत्तमा सरुवा गरिदिएका थिए । विश्व अधिकारीभन्दा अगाडिका परिसरका एसएसपी बसन्त रजौरेले घुमुवा करुणलाई स्वयम्भू बृत्तमा बर्दी लगाएर ड्युटी गर्नेगरी सरुवा गरिदिएका थिए ।
रजौरेभन्दा अगाडिका एसएसपी भूपेन्द्र खत्रीले समेत श्रेष्ठलाई सरुवा गरेका थिए । तर सरुवा गरिएका घुमुवा श्रेष्ठ फर्कीफर्की सोह्रखुट्टे बृत्तमै काजसरुवा भएर आउने गरेका छन् । घुमुवा प्रहरी श्रेष्ठको विवादित भिडियो आएपछि पनि उनलाई जिम्मेवारीबाट नहटाई यथावत राखिएको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend