काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वरिष्ठ नेता हरिबोल गजुरेल, पूवए मुख्यमन्त्री कुलप्रसाद केसी सोनामसहित ७ नेतालाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वशैली अधिनायकवादी बन्दै गएको आरोप लगाएका हुन् ।
खनालले गजुरेलजस्ता अनुभवी नेतामाथि स्पष्टीकरणको अवसरसमेत नदिई कारबाही गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गरेका छन् ।
पार्टी एकीकरणको घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटी गठन हुन नसकेको, संस्थागत निर्णय प्रक्रिया विकास नभएको र एकाध व्यक्तिको चाहनामा ठूला निर्णय हुन थालेको उनको आरोप छ ।
पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यममार्फत कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धतिविपरीत भएको पनि उनले जनाएका छन् ।
नेता खनालले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरेका छन् ।
किन यस्तो कदम चाल्नुपर्यो भन्ने विषयमा पार्टीभित्र गम्भीर समीक्षा र दोहोरो छलफल हुनुपर्नेमा उनले जोड दिए। पार्टीमा अधिनायकवादी शैली हाबी हुँदै गएको भन्दै उनले सामूहिक निर्णय र सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न नसके पार्टी ‘दुर्घटनातर्फ’ जाने चेतावनीसमेत दिएका छन् ।
आगामी २०८२ सालको आम निर्वाचन नजिकिँदै गर्दा कम्युनिस्टहरूबीच नीतिनिष्ठ एकता आवश्यक रहेको उल्लेख गर्दै खनालले नेतृत्वको कार्यशैलीकै कारण समस्या उत्पन्न भइरहेको निष्कर्ष निकालेका छन् ।
उनले नेतृत्व नसच्चिए पार्टी एकीकरण भइनसक्दै विशृंखलातर्फ जाने र फुट्ने खतरा रहेको स्पष्ट पारे। मुलुकविरुद्ध भित्री र बाहिरी षड्यन्त्र भइरहेको बेला पार्टीलाई संस्थागत बनाउनुको साटो व्यक्तिवादी निर्णय हाबी भएको भन्दै खनालले गहिरो चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।
खनालको यो धारणा सार्वजनिक भएसँगै नेकपाभित्रको आन्तरिक तनाव पुनः सतहमा आएको छ, जसले पार्टी नेतृत्वको निर्णय प्रक्रिया र एकताको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको छ ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend