Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्यमा निर्वाचित


    आइतबार, माघ ११ २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। माधवकुमार नेपालको साथ छाडेर पूरानै पार्टी एमालेमा फर्किएकी पूर्वमन्त्री रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

    आइतबार सम्पन्न भएको निर्वाचनमा नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झांक्रीले निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुुर्गा कुमारी भण्डारीलाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

    झाँक्रीले ६ हजार ३ सय ३ मतभार ल्याउँदा भण्डारीले १ हजार ३ सय ६२ मतभार प्राप्त गरिन् । झाँक्री र भण्डारीसँगै राष्ट्रियसभा सदस्यमा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डित पनि चुुनावी मैदानमा उत्रिएकी थिइन् ।

    यस्तै, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार