Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बेदुराम भुसाल राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता नियुक्त


    आइतबार, माघ ११ २०८२
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलमा नेतृत्व परिवर्तन गरिएको छ। दलको बैठकबाट बेदुराम भुसाललाई नयाँ संसदीय दल नेता चयन गरिएको हो।

    सिंहदरबारमा आइतबार बिहान सम्पन्न राष्ट्रिय सभा संसदीय दलको बैठकले भुसाललाई नेतृत्वको जिम्मेवारी सुम्पने निर्णय गरेको पार्टीले जनाएको छ।

    त्यसै बैठकबाट मदनकुमारी शाह ‘गरिमा’ लाई प्रमुख सचेतक र गंगा बेलवासेलाई सचेतकको जिम्मेवारी तोकिएको छ।

    यसअघि संसदीय दल नेता रहेका नारायणकाजी श्रेष्ठले पदबाट अलग भएर निर्वाचन प्रक्रियामा सहभागी भएपछि राष्ट्रिय सभामा दलको कार्यसम्पादनलाई निरन्तर र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व संरचना बनाइएको जनाइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार