काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक बहस(पब्लिक डिबेट) मा नबस्ने बताएका छन् ।
ओलीले सामाजिक संजालमार्फत् आइतबार बिहान सार्वजनिक बहसमा बस्न चुनौती दिएपछि बालेन्द्रले तुरुन्तै कडा प्रतिक्रिया जनाएका छन् । उनले सिंहदरबारदेखि भौतिक संरचना जलाएको स्वीकार गरे पनि विवादित व्यापारी कमलकिशोर मालपानीबाट ८ करोड मूल्यको डिफेन्डर गाडी चढेको विषयमा भने केही बोलेका छैनन् । सामाजिक संजालमा मालपानीसँग उपहार लिएर गाडी चढेको बिषयमा बालेन्द्रको आलोचना भए पनि उनले अहिलेसम्म मौनता साँधेका छन् ।
बालेन्द्रले ओलीको जवाफ दिंदै सामाजिक संजालमा लेखेका छन्–‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ बालेनको यो अभिव्यक्तिलाई उनले पब्लिक डिबेट अस्वीकार गरेको संकेतका रूपमा हेरिएको छ ।
ओलीलाई तुरुन्तै यस्तो जवाफ फर्काएर सामाजिक सञ्जालमा सक्रिय देखिएका बालेन विवादित व्यापारी कमलकिशोर मालपानीको करिब ८ करोड रुपैयाँ मूल्य पर्ने गाडीमा सवार भएको विषयमा भने हालसम्म मौन छन् ।
करोडौँ रुपैयाँ कर छलीमा मुछिएका मालपानीको गाडी किन प्रयोग गरियो भन्ने प्रश्न सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उठिरहेको छ । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको गाडीको विषयलाई लिएर बालेनको पारदर्शितामाथि समेत प्रश्न उठ्न थालेको छ ।
मालपानीको नागरिकताको विषय पनि छानबिनमा छ । उनै व्यक्तिले बालेनलाई करिब ८ करोड रुपैयाँ मूल्य पर्ने गाडी चुनावी प्रचारका लागि दिएका छन् । मालपानीले नक्कली बाबु बनाएर नेपाली नागरिकता लिएको बिषय छानबिनमा छ ।
झापा–५ मा मनोनयन दर्ता गरी ६ दिन पूर्वी नेपाल भ्रमण गरेका बालेन शनिबार राति काठमाडौं फर्किएका थिए । विमानस्थलबाट रातो रङको टेस्ला गाडी चढेर बालेन बाहिरिएका थिए । उक्त गाडी एमालेकै युवा नेता एवं अनेरास्ववियुका पूर्व अध्यक्ष डा. सुजन कडरियाको रहेको चर्चा छ ।
बालेनलाई लिन कडरियाका माइला भाइ सुशील कडरिया बागमती प्रदेश ४४०६ नम्बरको रातो टेस्ला लिएर विमानस्थल पुगेको समाचार सार्वजनिक भएका छन् ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend