काठमाडौं । गएको भदौ २३ र २४ को जेन–जी आन्दोलनमा निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ‘बर्ष अधिकृत –२०८२’ को रुपमा सम्मान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको २५ओें स्थापना दिवसको अवसरमा प्रधान कार्यालय हल्चोकले आज बिहान आयोजना गरेको प्रभातकालीन विशेष कार्यक्रममा नगद २५ हजार रुपैयाँसहित ‘आईजी एपीएफ कमेन्डेशन’ र कदरपत्र प्रदान गरेको हो ।
भदौ २४ गते कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमाथि तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति डिएसपी कोइरालाको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले परिस्थिति नियन्त्रणमा लिई थप क्षति हुनबाट जोगाएको थियो ।
सुरक्षा बलको उच्च पेशागत क्षमता, धैर्यता र संवेदनशीलताका साथ प्रदर्शनकारीहरुलाई आयोगको मुख्य गेटमै शान्तिपूर्वक सम्झाई–बुझाई तथा भीड आक्रामक हुँदैगएपछि नियन्त्रित बल प्रयोग गरी भीडलाई तितरबितर गर्दै आयोगको संरचना, कागजात र सम्पत्ति सुरक्षित गरेको थियो ।
यसअघि निर्वाचन आयोगको सुरक्षामा महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै निर्वाचन आयोगले पनि तत्कालीन गुल्मपतिलाई सम्मान गरिसकेको छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend