Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीको बार्षिकोत्सवः धनौजी बीओपी उत्कृष्ट घोषित


    शुक्रबार, माघ ९ २०८२
    785
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलको धनुषास्थित बोर्डर आउट पोष्ट (बी.ओ.पी.) धनौजी यस बर्ष प्रथम स्थान हासिल गरी उत्कृष्ट भएको छ ।

    सशस्त्र प्रहरी बलले प्रत्येक बर्ष वार्षिकोत्सवमा उत्कृष्ट युनिट छनोट गर्दै आइरहेकोमा यस वर्ष मधेश प्रदेशस्थित धनुषाको बी.ओ.पी. धनौजी प्रथम स्थान हासिल गरी उत्कृष्ट भएको हो ।

    आन्तरीक निरीक्षणको क्रममा नेपाल–भारत सीमासँग जोडिएको मधेश प्रदेशका ७२ वटा बी.ओ.पी.मध्ये धनौजीले ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरी प्रथम भएको हो ।

    सीमानाकामा हुने अवैध गतिविधि, तस्करी नियन्त्रण र सुरक्षा जोखिम रोक्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक दीपक थापाले बताए । कार्यालय सञ्चालनका लागि बिभिन्न स्थानीय निकायसँगको समन्वयमा भौतिक पूर्वाधार निर्माणसँगै फर्निचर, कार्पेट लगायतका सर–सामानको व्यवस्था गरेको उनले जानकारी गराए ।

    त्यस्तै कार्यालयको पेरिमिटरमा पिकेट, कन्सर्टिना र बारबेर वायर, क्रल ट्रेन्च निर्माण, बृक्षरोपण, माछापोखरीे, खेल मैदान निर्माण, ड्युटी पोस्ट निर्माण, लाइट जडान लगायतका कार्यहरु सम्पन्न गरेको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

    यसैगरी धनौजी बी.ओ.पी.ले ६ महिनाको अवधिमा करिव ३९ लाख रुपैयाँ बराबरको अवैध माल समान पक्राउ तथा बरामद गरी भन्सार दाखिला गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार