काठमाडौं । सशस्त्र प्रहरी बलको धनुषास्थित बोर्डर आउट पोष्ट (बी.ओ.पी.) धनौजी यस बर्ष प्रथम स्थान हासिल गरी उत्कृष्ट भएको छ ।
सशस्त्र प्रहरी बलले प्रत्येक बर्ष वार्षिकोत्सवमा उत्कृष्ट युनिट छनोट गर्दै आइरहेकोमा यस वर्ष मधेश प्रदेशस्थित धनुषाको बी.ओ.पी. धनौजी प्रथम स्थान हासिल गरी उत्कृष्ट भएको हो ।
आन्तरीक निरीक्षणको क्रममा नेपाल–भारत सीमासँग जोडिएको मधेश प्रदेशका ७२ वटा बी.ओ.पी.मध्ये धनौजीले ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरी प्रथम भएको हो ।
सीमानाकामा हुने अवैध गतिविधि, तस्करी नियन्त्रण र सुरक्षा जोखिम रोक्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक दीपक थापाले बताए । कार्यालय सञ्चालनका लागि बिभिन्न स्थानीय निकायसँगको समन्वयमा भौतिक पूर्वाधार निर्माणसँगै फर्निचर, कार्पेट लगायतका सर–सामानको व्यवस्था गरेको उनले जानकारी गराए ।
त्यस्तै कार्यालयको पेरिमिटरमा पिकेट, कन्सर्टिना र बारबेर वायर, क्रल ट्रेन्च निर्माण, बृक्षरोपण, माछापोखरीे, खेल मैदान निर्माण, ड्युटी पोस्ट निर्माण, लाइट जडान लगायतका कार्यहरु सम्पन्न गरेको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
यसैगरी धनौजी बी.ओ.पी.ले ६ महिनाको अवधिमा करिव ३९ लाख रुपैयाँ बराबरको अवैध माल समान पक्राउ तथा बरामद गरी भन्सार दाखिला गरेको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend