Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान


    मंगलबार, चैत्र ५ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहसचिव गोकर्णमणि दुवाडीले आज गृह मन्त्रालयमा आयोजित एक समारोहमा थापालाई आईजीपीको फुली लगाइदिएका हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको थियो । यो सँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका हुन् ।

    यसअघि नेपाल प्रहरीको ३०औं आईजीपी वसन्त कुँवर थिए । उनी सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएसँगै थापा ३१ औं आईजीपी बनेका हुन् ।

    आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार