Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त


    सोमबार, चैत्र ४ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापालाई नियुक्त गरेको छ ।

    सोमबार अपराह्न बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सीआईबीमा कार्यरत अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका छन् । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए ।

    प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार