Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • समानुपातिकतर्फ १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न


    शुक्रबार, माघ ९ २०८२
    580
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ।

    आयोगका अनुसार हालसम्म १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने बाँकी मतपत्र छपाइ आगामी दुई दिनभित्र पूरा गर्ने लक्ष्य लिइएको छ।

    आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरको कुल मतदाता संख्या करिब १ करोड ८९ लाख रहेको जानकारी दिँदै सो संख्याभन्दा करिब सात प्रतिशत बढी मतपत्र छाप्ने निर्णयअनुसार छपाइ भइरहेको बताए।

    उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचन चिह्न वितरण सम्पन्न भएपछि मतपत्रको डिजाइन तयार गरी त्यसको छपाइ प्रक्रिया सुरु गरिनेछ। समानुपातिक प्रणालीको मतपत्र देशभर समान रहने भए पनि प्रत्यक्षतर्फका मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक(फरक हुने व्यवस्था गरिएको छ। आयोगले चालु महिनाभित्र सम्पूर्ण मतपत्र छपाइ सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ।

    यसैबीच मतदाता नामावली अद्यावधिक तथा छपाइको कार्य पनि समानान्तर रूपमा अघि बढिरहेको आयोगले जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार छपाइ गर्नुपर्ने चार प्रतिमध्ये हालसम्म एक प्रति मतदाता नामावली छापेर सबै जिल्लामा वितरण गरिसकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार