Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सभापतिको पदभार ग्रहण गर्दै गगन थापाले भने- ‘कांग्रेस बदल्यौं, अब देश बदल्छौ’


    शुक्रबार, माघ ९ २०८२
    735
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पदभार ग्रहण गरेका छन् । केहीबेर अघि केन्द्रीय कार्यालय सानेपा पुगेका सभापति थापाले आफ्नो पदभार ग्रहण गरेका हुन् ।

    केन्द्रीय कार्यालयमा पद बहाल गरेपछि माइन्युटमा प्रतिबद्धता लेख्दै आफ्नो एकमात्र ध्यये देशको समुन्नति रहेको बताएका हुन् ।

    ‘बदल्यौं कांग्रेस, बदल्छौं देश,’ सभापति थापाले माइन्युटमा रहेको छन्, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’

    विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पहिलो पटक नवनिर्वाचित सभापति र उपसभापतिसहित कार्यसमितिका सदस्यहरु केन्द्रीय कार्यालय पुगेका हुन् । उनीहरूलाई सयौँ नेता कार्यकर्ताले नाराबाजी गर्दै पार्टी कार्यालयमा स्वागत गरेका थिए ।

    आज सभापति गगन थापाले पार्टी कार्यालयमा कार्यभार सम्हालेपछि केन्द्रीय समितिको बैठक बस्न लागेको छ । आजको बैठकले काँग्रेसले आगामी चुनावमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने तयारी गरेको छ ।

    थापा यस पटक आफ्नो सिट काठमाडौँ ४ छोडेर सर्लाही(४ बाट उम्मेदवारी दिएका छन् । गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा बसेको थियो ।

    विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने वातावरण बनेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार